close

विद्या र नारायणकाजी अब कुन पार्टीका सांसद ?

विद्या र नारायणकाजी अब कुन पार्टीका सांसद ?

Trulli
ADVERTISEMENT

 

काठमाडौं– सर्वोच्च अदालतले एकता प्रक्रियाबाट बनेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई अवैधानिक पार्टी भनेलगत्तै पार्टीभित्र मात्र होइन सांसदहरुसमेत कुन पार्टीका हुन् भनेर प्रश्न उठन थालेको छ । 

 

कास्की– २ मा नेकपाको तर्फबाट उपनिर्वाचनमार्फत विजयी भएर आएकी विद्या भट्टराई र राष्ट्रियसभामा निर्वाचित भएर आएका नेता नारायणकाजी श्रेष्ठलगायतका नेता कुन पार्टीका सांसद हुन् भन्ने गम्भीर कानुनी प्रश्न उठ्ने देखिएको छ ।

 

राष्ट्रियसभामा रिक्त भएको र उपनिर्वाचन भएको क्षेत्रमा तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपाको तर्फवाट उनीहरु सांसद बनेका थिए । 


नेकपा उपाध्यक्ष बामदेव भने सरकराको शिफारिसमा राष्ट्रपतिद्धारा राष्ट्रियसभामा निर्वाचित भएकाले उनको सांसद पदमा भने दलीय अन्योल हुने छैन । 

 

अदालतको यो फैसलापछि अव नेकपाभित्र यी र यस्ता थुप्रै जटिलता एकपछि अर्को आउने देखिएका छन् ।