close

त्रियुगाको लक्ष्मीपुर-पोर्ताहा सडक कालोपत्रे 

त्रियुगाको लक्ष्मीपुर-पोर्ताहा सडक कालोपत्रे 

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १३ मा निर्माण भएको कालोपत्रे सडकको आइतबार उद्घाटन गरिएको छ ।

 

कालोपत्रे सडकले गाउँ सजिएपछि वडाबासीमा खुसी छाएको छ । लक्ष्मीपुर-पोर्ताहा कालोपत्रे सडकको त्रियुगा नगरपालिकाका नगरप्रमुख बलदेव चौधरीले उद्घाटन गरेका हुन् । 

 

स्थानीय वडाबासी, जनप्रतिनिधि, राजनीतिक दलका नेता, पत्रकारलगायतको उपस्थितिमा कालोपत्रे सडकको उद्घाटन गरिएको वडाध्यक्ष पशुपति चौधरीले बताइन् ।

 

सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीका इन्जिनियर ब्रह्मदेव चौधरीका अनुसार लक्ष्मीपुर चोकदेखि पोर्ताहासम्म ३ किलोमिटर १ सय ४५ मिटर कालोपत्रे गरिएको हो ।

 

लक्ष्मीपुरको बरुवाखोला किनारदेखिको कालोपत्रे सडक पोर्ताहामा मदन भण्डारी लोकमार्गमा जोडिन्छ ।


सहरी पूर्वाधारको लगानीमा सडक कालोपत्रे गरिएको हो । निर्माण कम्पनी सगरमाथा भानुमति जेभीले ४ करोड १ लाख ६३ हजारमा निर्माणको जिम्मा लिएको थियो ।

 

गत २०७६ असारदेखि थालिएको काम २०७७ पुसमा सम्पन्न भएको हो ।

 

सडक कालोपत्रे भएसँगै सिंगो वडाबासीका साथै सवारी साधनलाई सहज भएको छ । स्थानीय सरकारअन्तर्गत वडामा जनप्रतिनिधि आएसँगै धुले सडकमा कालोपत्रे गरिएको हो ।