close

समाजलाई सुरक्षित बनाउन महिला हिंसा अन्त्य अनिवार्य: उपराष्ट्रपति पुन

समाजलाई सुरक्षित बनाउन महिला हिंसा अन्त्य अनिवार्य: उपराष्ट्रपति पुन

Trulli
ADVERTISEMENT

काठमाडौं- महिला दिवस अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेताहरूले शुभकामना व्यक्त गरेका छन् ।


अन्तर्राष्ट्रिय महिला दिवस अवसरमा नेपाल चेम्बर अफ कमर्सको महिला चेम्बरले आयोजना गरेको कार्यक्रममा  उपराष्ट्रपति नन्दबहादुर पुनले सहभागिता जनाए ।

 

सो अवसरमा उपराष्ट्रपति पुनले महिला हिंसा अन्त्य नभएसम्म समाज सुरक्षित बन्न नसक्ने बताए । 

 

उपराष्ट्रपति पुनले महिला हिंसाका घटना न्यूनीकरण हुन नसकेको र अपराधी कानुनी दायरामा आउन नसकेको बताए । अपराधीलाई कानुनी दायरामा ल्याउन थप पहल आवश्यक रहेको उनको भनाइ छ ।

 

‘हिंसाका घटनाका कारण महिलाले असुरक्षा महसुस गरिरहेका छन् । महिला हिंसाको अन्त्यबिना समाज सभ्य र सुरक्षित बन्न सक्दैन’, उपराष्ट्रपति पुनले भने । 

 

नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि गर्दै समृद्ध नेपाल निर्माणको राष्ट्रका कार्यभार पूरा गर्न उत्साह, जोश, जाँगर तथा शक्ति थपियोस भन्ने सदीक्षासमेत उपराष्ट्रपतिले व्यक्त गरे । 

 

सरकारले महिलामाथि हुने हिंसा तथा उत्पीडनलाई अन्त्य गर्न तथा पीडकलाई कडा सजाय गर्ने गरी ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेशसहित यौनहिंसाविरुद्धका केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ जारी गरिसकेको छ । तर, महिला हिंसाका घटनामा भने कमी आउन सकेको छैन ।