close

डडेलधुरामा देखिएका प्रकृतिका कुचिकार

डडेलधुरामा देखिएका प्रकृतिका कुचिकार

Trulli
ADVERTISEMENT

डडेलधुरा- लोप हुँदै गएका प्रकृतिका कुचिकार गिद्धहरू पछिल्लो समयमा डडेलधुरामा देखिन थालेका छन् । डडेलधुराका ठूला पहाड, भीरपाखामा दैनिकजसो गिद्धको बथान देखिन थालेका हुन् । 


कुनै बेला डडेलधुराका सबैजसो ठाउँमा देखिने गिद्ध हराएपछि लोप भएको हुन सक्ने चिन्ता स्थानीयको थियो । तर, आजभोलि डडेलधुराको नवदुर्गा गाउँपालिकाका विभिन्न क्षेत्रमा हुलका हुल गिद्ध देखापर्न थालेको स्थानीय रमेश बोहरा सुनाउँछन् ।

 

प्रकृतिको कुचिकार मानिने गिद्धलाई वातावरणीय प्रदूषणबाट मानव जातिलाई बचाउन सहयोग गर्ने पक्षीको रूपमा लिने गरिन्छ । ‘डाइक्लोफेनिक’ औषधी सेवन गरेका पशु मरेपछि तिनको सिनो खाँदा गिद्धमा त्यसको प्रत्यक्ष असर पर्ने गर्छ । 

 

मानवीय सचेतनासँगै जथाभावी फालिने सिनो गाड्ने तथा व्यवस्थित रूपमा राख्न थालिएपछि जिल्लामा गिद्धलाई आहारा नपुगेको र जनसंख्या वृद्धिसँगै मानवीय अतिक्रमण बढ्दै गएकाले यसको संख्या कम भएको अनुमान छ ।

 

डडेलधुरामा पक्षी हेर्ने छुट्टै कार्यालय छैन । लोप हुने सँघारमा पुगेको गिद्ध नवदुर्गामा देखिन थालेकाले स्थानीय सरकार र सरोकारवाला निकायले संरक्षणमा ध्यान दिनुपर्ने गाउँपालिकाको वडा नम्बर २ का दीपक साउद बताउँछन् ।