close

टाटा मोटर्स् फरएभर रेन्जका गाडी नेपालमा सार्वजनिक

टाटा मोटर्स् फरएभर रेन्जका गाडी नेपालमा सार्वजनिक

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले फरेएभर रेन्जअन्तर्गतका ५ वटा नयाँ गाडी नेपालमा सार्वजनिक गरेको छ । 

 

कम्पनीका अनुसार टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ बीएससिक्समा आधुनिक प्रविधि जडान गरिएका छन् । योसँगै टाटा कम्पनी उक्त इन्जिन प्रविधि भएको ५ वटा मोडल एकै पटक सार्वजनिक गर्ने नेपालकै पहिलो कम्पनी भएको छ । सार्वजनिक गरिएका गाडीको बनावट टाटाको इम्प्याक्ट २.० डिजाइन ल्याङ्ग्वेजअनुसार तयार पारिएको छ ।

 

पुनः डिजाइन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ कार्यक्षमता, आरामदायी र सुरक्षाको दृष्टिकोणले अरूभन्दा अग्रस्थानमा रहेको कम्पनीको भनाइ छ ।  कार्यक्रममा टाटा मोट्र्स इन्टरनेसनल बिजनेस हेड (प्यासेन्जर भेहिकल्स) मायकं बाल्डीले टाटा मोटरका विविध रेन्जका गाडी नेपाली ग्राहकले लामो समयदेखि रुचाइरहेकाले नयाँ जेनेरेसनका प्यासेन्जर गाडी सार्वजनिक गरिएको बताए ।

 

डिजाइन, सुरक्षा र आराम टाटा गाडी निर्माणका मुख्य तीन आधार उनको भनाइ छ । इम्प्याक्ट २.० डिजाइनमा निर्मित बीएससिक्स रेन्जका गाडीमा डिजाइन, सुरक्षा र आरामलाई प्राथमिकता दिइएको कम्पनीले बताएको छ ।

 

सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बीएससिक्स रेन्जका आधुनिक विशेषतायुक्त गाडी आफ्नो श्रेणीका अन्य गाडीभन्दा संरचनागत र प्राविधिक दुवै दृष्टिकोणले अगाडि रहेको जानकारी दिए ।

 

कम्पनीका अनुसार नयाँ टियागोको इन्जिन क्षमता १२०० सिसी रहेको छ भने यो रातो, पहेँलो, नीलोलगायत ६ वटा रङमा उपलब्ध छ । सोही क्षमताको नयाँ टिगोर ५ वटै रङमा उपलब्ध छ ।
यस्तै, नयाँ नेक्सनमा इरा प्रविधि जडान गरिएकाले नेपालको सडक सुहाउँदो रहेको कम्पनीले जनाएको छ । यो गाडी ६ वटा रङमा उपलब्ध छ । 

 

वास्तुकलामा आधारित रहेर निर्माण गरिएको नयाँ अल्ट्रोज आफ्नो श्रेणीमा सबैभन्दा सुरक्षित भएको ग्लोबल एनक्यापमार्फत प्रमाणित भएको छ । यो गाडी रिदम, स्टाइल, लुक्स र अर्बन गरी चार रङमा ग्राहकले खरिद गर्न सक्नेछन् । २००० सिसी इन्जिन क्षमताको एच फाइभको सम्पूर्ण बनावट पनि वास्तुकलामै आधारित रहेको कम्पनीले जनाएको छ । यो गाडी विभिन्न रङमा उपलब्ध हुनेछ ।