close

नेपाल–बंगलादेश बैंक–हिमाल डेन्टल हस्पिटल सम्झौता 

नेपाल–बंगलादेश बैंक–हिमाल डेन्टल हस्पिटल सम्झौता 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल–बंगलादेश बैंक र हिमाल डेन्टल हस्पिटलबीच बैंकका कर्मचारी, तिनका परिवार र सबै खातावालालाई छुट दिने सम्झौता भएको छ । हिमाल डेन्टल हस्पिटलको काठमाडौं उपत्यका तथा काठमाडौं बाहिरका शाखामा उपचार गराउँदा खर्च भएको रकमको २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ । 

 

सम्झौतामा बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह तथा हिमाल डेन्टल हस्पिटलका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. राजेन्द्र भट्टले हस्ताक्षर गरे । उक्त सम्झौताले बैंक कर्मचारी, कर्मचारीका परिवार तथा सम्पूर्ण खातावाला लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

 

हिमाल डेन्टल हस्पिटलका काठमाडौं उपत्यकामा ५ तथा उपत्यकाबाहिर ८ वटा शाखा छन् । बैंकले हाल ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटिएमबाट ग्राहकलाई सेवा दिँदै आएको छ ।