close

महानगरको यात्रामा नेपालगन्ज

महानगरको यात्रामा नेपालगन्ज

Trulli
ADVERTISEMENT

बाँके– बाँकेको नेपालगन्ज उपमहानगरपालिकालाई महानगरमा विकास गर्न सम्भाव्यता अध्ययन सुरु भएको छ । महानगरका लागि डिपिआरसँगै एकीकृत विकास योजनासमेत बुनिएको हो ।

 

नेपालगन्ज उपमहानगरलाई महानगरमा लैजाने तयारी सन्दर्भमा प्रारम्भिक छलफल सम्पन्न भएको छ । नगरप्रमुख डा. धबलशमशेर राणाले राजनीतिक पार्टीको आबद्धताभन्दा माथि उठेर जनतासँगको छलफललाई प्राथमिकता दिन सुझाए ।

 

नगरबासी आफ्नो सहरलाई महानगरपालिका बनाउन इच्छुक भए पनि राजनीतिक दलमा आबद्ध नेता÷ कार्यकर्ताहरूले भविष्यको राजनीतिलाई प्राथमिकता दिने भएकाले जनताको सुझाव महत्त्वपूर्ण हुने राणाको बुझाइ छ ।

 

प्रारम्भिक चरणको कार्य असारभित्रै सम्पन्न गर्ने योजनाका साथ अघि बढेको र डिपिआरको काम गरिरहेको संस्था अपडेनका मनीषराज जोशीले जानकारी दिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, वडाध्यक्षलगायत जनप्रतिनिधि, कर्मचारीको उपस्थिति थियो । टोलीले वडा तहसम्मै पुगेर काम गर्नेछ ।