close

तनहुँका शिवालयमा शिवभक्तको घुइँचो 

तनहुँका शिवालयमा शिवभक्तको घुइँचो 

Trulli
ADVERTISEMENT

तनहुँ– शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रिको महिमा पुराणमा समेत वर्णन गरिएको छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक ४ प्रमुख रात्रिमध्ये एउटा पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।

 

हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रि पर्व बिहीबार तनहुँका शिवालयमा भगवान् शिवको पूजाआराधना गरी मनाइँदै छ ।  शिवरात्रिको दिन तनहुँका शिवालयमा पनि शिवभक्तको घुइँचो लागेको छ । गाउँदेखि सहरसम्मका शिवलायमा भजनकीर्तनसहित भक्तजनले दूध अर्पण गरिरहेका छन् । 

 

देशभरका शिवालयमा जस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा भक्तजनको ओइरो लागेको छ । विशेषगरी देवघाट, व्यास गुफा र शुक्लागण्डकी मुक्तिनाथ च्यवनधाममा भक्तजनको भीड देखिन्छ ।