close

कर्मनाशा नदीमाथिको ट्रस पुल उद्घाटन

कर्मनाशा नदीमाथिको ट्रस पुल उद्घाटन

Trulli
ADVERTISEMENT

ललितपुर– ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर १ र २ तथा वडा नम्बर ७ र १७ को बीचमा रहेको कर्मनाशा नदीमाथि निर्माण गरिएको ट्रस पुलको नगरप्रमुख रामेश्वर श्रेष्ठले उद्घाटन गरे । ग्वार्को पुलको दायाँबायाँ पैदल यात्रुका लागि यो पुल निर्माण गरिएको हो ।


कार्यक्रममा नगर प्रमुख श्रेष्ठले पुल निर्माणबाट पैदल यात्रालाई सुरक्षित बनाउनुका साथै सडक दुर्घटना घटाउन र यस क्षेत्रमा हुने ट्राफिक जामलाई न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

 

नगरपालिकाका इन्जिनियर मनीष सुवेदीले पुलको प्राविधिक पक्षबारे जानकारी गराए । वडा नम्बर २ का वडाध्यक्ष रामबहादुर केसीले शुभकामना मन्तव्य राखेका थिए भने वडा नम्बर १ का वडाध्यक्ष नन्दकुमार न्यौपानेले सञ्चालन गरेका थिए । 

 

सम्झौता रकम ३९,७५,५०० रुपैयाँ रहेको ट्रस पुलको एकातर्फको लम्बाइ २४ मिटर, चौडाइ १.५ मिटर र तौल करिब ६ टन रहेको पुल बस्नेत निर्माण सेवाले बनाएको हो ।

 

कार्यक्रममा महालक्ष्मीको वडा नम्बर १, २, ३, ४, ६, र ७ का वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरू तथा ललितपुर महानगरको वडा नम्बर ७ र १७ का वडाध्यक्ष र वडा सदस्यहरू, ललितपुर जिल्ला रेडक्रसका अध्यक्ष, महालक्ष्मीका प्रमुख प्रशासकीय अधिकृत, प्रमुख शिक्षा अधिकृत, सडक तथा अन्य पूर्वाधार शाखा प्रमुख, सूचना प्रविधि अधिकृतलगायत कर्मचारीको उपस्थिति थियो ।