close

कटारीमा अपांगता भएका ३५ जनालाई ह्विल चियर वितरण

कटारीमा अपांगता भएका ३५ जनालाई ह्विल चियर वितरण

Trulli
ADVERTISEMENT

उदयपुर(कटारी)- उदयपुरको कटारी नगरपालिकाका ३५ जना अपांगता भएकालाई निःशुल्क ह्विल चियर वितरण गरिएको छ । 

 

कटारीस्थित आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद्को हलमा कमलामाई ढुवानी सेवा कटारीले वडा नम्बर १ देखि ७ सम्मका प्रतिवडाका ५ जनाका दरले ३५ जनालाई ह्विल चियर वितरण गरेको हो ।


सेवाका प्रोप्राइटर सविता थापा मगरले नगरका विभिन्न समाजसेवी मनकारी दाताको सहयोगबाट ह्विल चियर वितरण गरिएको बताइन् । ‘अपांगता भएकाहरूलाई सहयोगी सामग्री वितरण गर्न मनकारी दाताको सहयोग लिएका थियौँ’, उनले भनिन्, ‘यसबाट लक्षित वर्गलाई सहज हुनेछ ।’

 

वडा कार्यालयले वडाबाट छनोट गरी सिफारिस गरेकालाई ह्विल चियर वितरण गरेको हो ।

 

कार्यक्रममा कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले नगरमा फरक क्षमता भएका व्यक्तिहरूको विकासका लागि अक्षय कोष स्थापना गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमकै अवसरमा उदयपुर लामा कन्स्ट्रक्सनका सञ्ञ्चालक अमर लामाले अक्षय कोषका लागि १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

 

नगरमा फरक क्षमता भएकाहरूका लागि विशेष कार्यक्रम ल्याउने तथा अपांगमैत्री भवन निर्माणमा जोड दिइने नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

 

नगर अपांग संघ कटारीका कोषाध्यक्ष जानुका कार्कीले नगरपालिकामा अपांगमैत्री भवन नभएको, अपांगता भएकाहरूलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम नल्याएको गुनासो गरिन् ।

 

उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर खड्काले अपांगता भएका व्यक्तिहरूका लागि ह्विल चियर वितरण महत्त्वपूर्ण सामाजिक कार्य भएको बताए ।