close

बुद्धभूमिका ग्रामीण क्षेत्रमा ल्याब सुविधा 

बुद्धभूमिका ग्रामीण क्षेत्रमा ल्याब सुविधा 

Trulli
ADVERTISEMENT

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले ग्रामीण क्षेत्रमा स्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । नगरपालिकाको वडा नम्बर ६ महुवा स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरिएको हो ।

 

ल्याब सञ्चालनका लागि ३ लाख लागत लागेको बताइएको छ । ल्याबको उद्घाटन गर्दै नगरप्रमुख केशवकुमार श्रेष्ठले ग्रामीण क्षेत्रका जनतालाई आधारभूत स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य गर्ने योजना रहेको बताए ।

 

वडा नम्बर ६ का वडाध्यक्ष नन्दलाल यादवले जिल्लामा पहिलो पटक ग्रामीण क्षेत्रमा ल्याब सञ्चालन भएको जानकारी दिए । नागरिकलाई सामान्य चेकजाँचका लागि अब टाढा जानुपर्ने बाध्यतासमेत अन्त्य भएको उनको भनाइ छ ।

 

ल्याब नहुँदा दिसा, पिसाब, रगतको सामान्य चेकजाँचका लागि तौलिहवा अस्पताल वा बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ । घरनजिकै चेकजाँच हुने भएपछि सरकारले जनताका समस्या सम्बोधन गरेको स्थानीय रामलखन यादवले सुनाए ।

 

ल्याबका उपकरण खरिदका लागि नगरपालिकाले १ लाख रुपैयाँ खर्च गरेको थियो । कालिका स्वावलम्बन सामाजिक केन्द्रले समेत सामग्री सहयोग गरेको हो भने भौतिक व्यवस्थापनमा वडा कार्यालयले १ लाख रुपैयाँ खर्च भएको छ ।