close

राष्ट्रपतिको बैठकः प्रचण्डको तुस सकिदा खनाल–नेपालको काँचै !

राष्ट्रपतिको बैठकः प्रचण्डको तुस सकिदा खनाल–नेपालको काँचै !

Trulli
ADVERTISEMENT

काठमाडौं– प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन सिफारिस सदर गरेपछि अचाक्ली रिसाएका तात्कालीन नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेकपा माओवादी केन्द्रको अध्यक्षको हैसियतमा राष्ट्रपति निवास शितलनिवास छिरेका छन् । 


एकवर्ष भन्दा लामो समयपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा एमालेका वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपाल खेमाले भने बहिष्कार गरेको छ । 


राष्ट्रपति प्रधानमन्त्री तथा तात्कालीन नेकपा अध्यक्ष ओलीको ‘गोटी बनेको’ आरोप लगाउँदै आएका प्रचण्ड बैठकमा सहभागी भएपनि खनाल र नेपाल भने उपस्थित भएनन् । 

 

प्रचण्ड माओवादी केन्द्रको अध्यक्षको हैसियतमा बैठकमा जाँदा उनीसँगै सहकार्य गरेका खनाल र नेपालले अघोषित बहिष्कार गरेका हुन् । 


राष्ट्रिय भेलाको तयारीका कारण नभ्याएको बताएपनि खनाल–नेपाल निकट केन्द्रीय सदस्य बिष्णु रिजालले भने ओलीको संकट टार्न राष्ट्रपतिले बैठक डाकेको भन्दै जानुको अर्थ नरहेको प्रतिकृया दिएका छन् । 


एमालेभित्र चुलिएको विवादसँगै नेपाल र खनालले राष्ट्रपतिलाई ओली कित्तामा उभ्याउँदै भेला बहिष्कार गरेको बताएका छन् । भेला अघि प्रचण्ड र नेपालवीच बैठकमा नजाने विषयमा अनौपचारिक कुराकानी भएपनि यसपटक नेपालको आग्रहलाई प्रचण्डले अटेर गरेका छन् । 


यसैसाता कांग्रेस, माओवादी केन्द्र र जसपाले प्रधानमन्त्री ओलीविरुद्ध अविस्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि राष्ट्रपतिले नयाँ ढंगको सम्वाद थाल्न बाटो खोल्ने उद्धेश्य राखेर बैठक डाकेको नेपाल–खनाल पक्षको विश्लेषण छ ।