close

८४ वर्षीय कविको ‘विगत र वर्तमान’ 

८४ वर्षीय कविको ‘विगत र वर्तमान’ 

Trulli
ADVERTISEMENT

तनहुँ- कवि टीकाराम पौडेलले पहिलो कृति ‘विगत र वर्तमान’ कविता संग्रह बजारमा ल्याएका छन् । पौडेलको ८४औँ जन्मदिन अवसरमा मंगलबार कविता संग्रह विमोचन गरिएको हो ।

 

दुलेगौँडास्थित पौडेल निवासमा भएको कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले कविता संग्रहको विमोचन गरे । पहारीले मानवीय जीवनको अभिव्यक्ति नै साहित्य भएको बताए ।

 

‘कविताले मान्छेको समग्र जीवनको अवलोकन गर्छ’, उनले भने । गण्डकी प्रदेश साहित्य, कला र संस्कृतिको उद्गम थलो भएको उनको भनाइ छ ।

 

८४ पृष्ठ लामो कविता संग्रहमा ८४ कविता संग्रहित छन् । शुक्ला साहित्य संगम तनहुँले प्रकाशन गरेको संग्रहमा संस्कृति, संस्कार, विकृति, विसंगतिका विषय समेटिएको छ ।

 

बुबाको सिर्जनालाई जीवन्त राख्न पुस्तक प्रकाशन गरेको छोरा मोतीप्रसाद पौडेलले बताए । ‘उहाँले पहिल्यैदेखि कविता लेख्नुहुन्थ्यो । कविता लेख्ने, थन्क्याउँदै राख्ने । त्यसैलाई पुस्तकको रूप दिइएको हो’, उनले भने । कवि पौडेल पूर्वशिक्षक पनि हुन् ।