close

बाँके पूर्ण खोप जिल्ला घोषणा

बाँके पूर्ण खोप जिल्ला घोषणा

Trulli
ADVERTISEMENT

बाँके– बाँकेलाई पूर्ण खोप जिल्ला घोषणा गरिएको छ । जिल्लाका ८ वटै पालिकाका सम्पूर्ण बालबालिकाले पूर्ण खोप प्राप्त गरेको सुनिश्चितता भएपछि जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो ।

 

शुक्रबार नेपालगञ्जमा आयोजित घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले बाँके पूर्ण खोप जिल्ला भएको घोषणा गरेका हुन् ।

 

पूर्ण खोप जिल्ला घोषणा गर्दै संयोजक श्रीवास्तवले खोप सुनिश्चितता भएको प्रमाणपत्र जिल्ला स्वास्थ्य कार्यालय बाँकेलाई प्रदान गरे ।

 

बाँके पूर्ण खोप सुनिश्चितता भएको प्रमाणित गर्दै जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जिल्ला समन्वय समितिलाई प्रमाणपत्र प्रदान गरेको थियो । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले जिल्ला स्वास्थ्य कार्यालय बाँकेलाई प्रमाणपत्रसहित बधाइ दिए ।


कार्यक्रममा ८ वटै पालिकाका प्रमुख, स्वास्थ्य कार्यालयका खोप अधिकृत, स्वास्थ्य चौकीका प्रमुख, स्वयंसेविकालगायतको सहभागिता रहेको थियो ।