close

कृष्णभक्त पोखरेलले किन छाडे माधव नेपाल खेमा ? 

कृष्णभक्त पोखरेलले किन छाडे माधव नेपाल खेमा ? 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेकपाबाट नेकपा एमाले नहुँदै माधव कुमार नेपाल खेमामा बसेर केपी ओली खेमाविरुद्ध कानुनी र राजनीतिक लडाइ लड्दै आएका एमाले सांसद कृष्णभक्त पोखरेलले माधव नेपाल खेमा त्यागेको घोषणा गरेका छन् । 

 

तात्कालीन नेकपाभित्र विवाद देखिएपछि प्रचण्ड–माधव खेमामा लागेर निर्वाचन आयोग देखि अदालतसम्म ओलीखेमा विरुद्ध लडेका पोखरेल एमालेको आजको संसदीय दल बैठकमा उपस्थित भएर नेपाल खेमा छोडेको घोषणा गरे ।

 

उनले अब आफु नेकपा अध्यक्ष ओलीलाई साथ दिन कम्मर कसेर आएको बताउँदै सुवास नेम्वाङका कारण आफु खेमा परिवर्तन गरेर आएको बताए । नेम्वाङलाई कानुनी  गुरु मान्ने पोखरेलपनि अधिवक्ता हुन् ।

 

बालुवाटारमा जारी नेकपा संसदीय दलको बैठकमा नेपाल खेमाका सांसदहरु भने उपस्थित छैनन । वालुवाटारमा बैठक राखेको भन्दै उनीहरु सहभागी भएनन् । एकता अभियानको नेतृत्व गर्दै आएका पार्टी उपाध्यक्ष बामदेव गौतम भने बैठकमा सहभागी छन् ।