close

हरिनगरको ६ नम्बर वडा कार्यालय भवन उद्घाटन

हरिनगरको ६ नम्बर वडा कार्यालय भवन उद्घाटन

Trulli
ADVERTISEMENT

सुनसरी/हरिनगर- सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ६ घुस्कीको नवनिर्मित वडा कार्यालय भवन आइतबार उद्घाटन गरिएको छ ।

 

हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी, उपाध्यक्ष रिमझिमकुमारी भगत, प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्का र वडा नम्बर ६ का वडाध्यक्षय इस्राइल अन्सारीले संयुक्त रूपमा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरे । 

 

४ कोठे वडा कार्यालय भवनको २०७६ भदौमा १ वर्षभित्रै सम्पन्न गर्ने गरी गाउँपालिका अध्यक्ष अन्सारीले शिलान्यास गरेका थिए । वडा कार्यालय निर्माण निर्धारित समयमै सम्पन्न भएको छ । भवनको लागत २३ लाख १३ हजार ७ सय ४७ रुपैयाँ रहेको थियो ।

 

हरिनगरका ७ मध्ये ५ वटा वडा कार्यालयको शिलान्यास भइसकेको छ । वडा नम्बर १ र २ भुटाहाको वडा कार्यालय भवन उद्घाटन भइसकेको छ । 


अध्यक्ष अन्सारीले ५ वटा वडा कार्यालयमध्ये अधिकांश वडाको भवन निर्माण सम्पन्न भइसकेको जानकारी दिए ।

 

गाउँपालिका उपाध्यक्ष रिमझिम भगतले पालिकाभित्र वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताए ।

 

हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्काले वडाबासीको सम्पत्ति वडा कार्यालय भवन निर्माणलाई प्राथमिकता राखिएको जानकारी दिए । वडा समिति र वडाबासीको सहयोग र समन्वयका कारण समयमै निर्माण सम्पन्न उनको विश्वास छ ।

 

६ नम्बर वडाका वडा सदस्य तथा न्याय समिति सदस्य दाउद अन्सारीले स्थानीय सरकारले गरेका सबै काम वडाबासीसमक्ष राख्ने व्यवस्था गरेकामा पालिका अध्यक्षलाई धन्यवाद दिए ।

 

वडा नम्बर ६ का वडाध्यक्ष इस्राइल अन्सारीले वडा कार्यालय निर्माणपछि सेवाग्राहीलाई सहज हुने बताए ।