close

धुलो दूध, बटर र अण्डामा नेपाल आत्मनिर्भर 

धुलो दूध, बटर र अण्डामा नेपाल आत्मनिर्भर 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर घोषणा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार धुलो दूध, बटर, अण्डा र मासुजन्य उत्पादनमा देश आत्मनिर्भर भएको घोषणा गरे ।

 

काठमाडौंमा एक कार्यक्रम आयोजना गरी कृषि तथा पशुपंक्षी मन्त्रालयले प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाएर यस्तो घोषणा गरेको हो । 

 

मन्त्रालयका सचिव डा. प्रेम नारायण कंडेलका अनुसार संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मापदण्ड र उत्पादनको आधारमा आत्मनिर्भर भएको घोषणा गरिएको हो ।

 

प्रत्येक नेपालीलाई प्रति वर्ष आवश्यक पर्ने ४८ गोटा अण्डामध्ये नेपालको उत्पादन ५५ पुगेको छ । यो आवश्यकताभन्दा ७ वटा वढी छ । 


दूधमा आत्मनिर्भर हुन वार्षिक न्यूनतम ९१ लिटर प्रतिव्यक्ति दूध उपलब्ध हुनुपर्नेमा प्रतिव्यक्ति उपलब्धता ७९ लिटर मात्रै छ ।