close

१०५ स्थानीय तहलाई शिक्षक दरबन्दी मिलानको विवरण पठाउन पत्र 

१०५ स्थानीय तहलाई शिक्षक दरबन्दी मिलानको विवरण पठाउन पत्र 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– शिक्षा मन्त्रालयले अहिलेसम्मको दरबन्दी मिलानको प्रगति विवरण पठाउन देशभरका १ सय ५ स्थानीय तहलाई परिपत्र गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दरबन्दी मिलानको अहिलेसम्मको प्रगति विवरण पठाउन विवरण तयार गर्ने ढाँचासमेत पठाएको छ ।


विवरण पठाउनेले स्थानीय तहको नाम, शिक्षा शाखा प्रमुखको नाम र पद, सम्पर्क नम्बर, प्राथमिक तहको पुल दरबन्दी संख्या, मिलान भएको संख्या र मिलान हुन बाँकी रहेको संख्या उल्लेख गर्नुपर्नेछ ।


केन्द्रले शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ अनुसार प्राथमिक तहको शिक्षक दरबन्दी पुलमा रहेका १ सय ५ गाउँपालिका र नगरपालिकाले कोभिड–१९ का कारण पुलमा रहेको दरबन्दी व्यवस्थापनमा समेत असर परेकाले दरबन्दी मिलानको उक्त कार्य समय मागेकामा अहिलेसम्मको प्रगति विवरण नआएको हुँदा यथाशक्य पठाउन भनिएको छ । 


केन्द्रले पालिकाबाट अन्यत्र स्थानान्तरण भइजाने खुद पुल दरबन्दी कायम रहेसम्म सो तहमा अन्य पालिका वा जिल्लाबाट सरुवा/काजमा राख्न वा रिक्त पदमा पदपूर्ति गर्ने कार्य नगर्न÷नगराउनसमेत सम्बन्धित स्थानीय तहलाई भनेको छ ।


यस्तो अवस्थामा खुद पुल दरबन्दीमा रहेका शिक्षकको चालू आर्थिक वर्ष २०७७/७८ को शिक्षक तलबभत्ताको व्यवस्था नभएको बेहोरासमेत केन्द्रले स्थानीय तहलाई अवगत गराएको छ ।