close

कर्मचारीलाई कम्प्युटर सिकाउँदै साकेला

कर्मचारीलाई कम्प्युटर सिकाउँदै साकेला

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको साकेला गाउँपालिकाले कर्मचारीलाई कम्प्युटर तालिम दिन सुरु गरेको छ । कर्मचारीलाई कम्प्युटरबाट दैनिक कामकाजका क्रममा गर्नुपर्ने काम सहज बनाउन गाउँपालिकाले सिस्टम सफ्टवेयरसम्बन्धी तालिम दिन सुरु गरेको हो । 

 

साता दिनसम्म सञ्चालन हुने तालिममा सहभागी कर्मचारीलाई कम्प्युटरको माध्यमबाट कार्यालयको काम सम्पादन गर्न, अफिस प्याकेजमा हुने सम्पूर्ण कार्य, नेटवर्किङ, डिजाइन र सिस्टम सफ्टवेयरबारे सीप सिकाइने सूचना प्रविधि अधिकृत यज्नकुमार बस्नेतले बताए ।

 

मंगलबारबाट सुरु गरिएको तालिममा गाउँपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी तथा गाउँपालिकाभरका स्वास्थ्यकर्मीसहित १७ जनाको सहभागिता छ ।

 

सूचना प्रविधि अधिकृत बस्नेत, रोजगार संयोजक प्रवीण पोखरेल र एमआईएस अपरेटर डिएम चाम्लिङ राईले तालिमको सहजीकरण गरिरहेका छन् । 

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले तालिमबाट उपलब्धि हासिल गर्न सहभागी कर्मचारीलाई सुझाए । गाउँपालिकाका सबै वडामा अनिवार्य रूपमा अनलाइनबाट कामकाज सञ्चालन गर्न दोस्रो चरणमा वडाका वडा सचिव र कम्प्युटर स्रोत शिक्षकलाई व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षासम्बन्धी कम्प्युटर तालिम दिने तयारी छ ।यस्तो तालिम १ सातापछि सुरु गरिने गाउँपालिकाले जनाएको छ ।