close

चाँगुमा बेकरी तथा कफी बनाउने तालिम

चाँगुमा बेकरी तथा कफी बनाउने तालिम

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकामा बेकरी तथा कफी बनाउने तालिम सञ्चालन भएको छ । नगरपालिकाले वडा नम्बर ७ स्थित तफा डम्फु हलमा तालिम सञ्चालन गरेको हो । 

 

उप्रप्रमुखसँग महिला उद्यमशीलता कार्यक्रमअन्तर्गत नगरपालिकाले बेकरी तथा कफी बनाउन तालिम सञ्चालन गरेको हो । तालिममा स्थानीय महिलाको सहभागिता छ ।

 

तालिमका लागि नगरले नेपाल युवा विकास मञ्च र नेपाल युवा एकता समाजसँग सम्झौता गरेको छ । १ महिनासम्म सञ्चालन हुने तालिममा ४० जना महिलाले अवसर पाएका छन् । 

 

सँगै नगरपालिको १५ सय जना युवालाई विभिन्न तालिममा सहभागी गराएको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए । मिश्रका अनुसार नगरको विकासका लागि विकास पूर्वाधार मात्र पर्याप्त नहुने हुँदा स्थानीयको बौद्धिक तथा सामाजिक विकासमा ध्यान दिनुपर्ने छ । 

 

त्यसका लागि पालिकाले महिला लक्षित १५ वटा तालिम सञ्चालन गर्दै आएको उनले जानकारी दिए । सहभागीले तालिमलाई अवसरको रूपमा स्वरोजगार बनेर अरूलाई रोजगारी दिन सक्नुपर्ने आवश्यकतमा उनले औँल्याए ।