close

वडा कार्यालय भवन शिलान्यास

वडा कार्यालय भवन शिलान्यास

Trulli
ADVERTISEMENT

महोत्तरी– महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ३ को वडा कार्यालय भवन निर्माण हुने भएको छ ।

 

मटिहानी नगरपालिकाको करिब ४५ लाख रुपैयाँ लागतमा ४ कोठे वडा कार्यालय भवन निर्माण शिलान्यास भएको नगरपालिका प्रमुख हरिप्रसाद मण्डलले बताए ।

 

सो वडा कार्यालय भवनको जनता समाजवादी पार्टीका अध्यक्ष एवं सांसद महन्थ ठाकुरले शिलान्यास गरे । कार्यक्रममा प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेश सांसद रानी शर्मा, जलेश्वर नगरपालिका प्रमुख रामशंकर मिश्र र मटिहानी नगरप्रमुख मण्डल सहभागी थिए ।