close

उपत्यकाका सार्वजनिक यातायातमा मास्क अनिवार्य

उपत्यकाका सार्वजनिक यातायातमा मास्क अनिवार्य

Trulli
ADVERTISEMENT

काठमाडौं– कोभिड संक्रमण जोखिम रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाको सार्वजनिक यातायातमा कडाइ गरिने भएको छ ।कोभिड–१९ को दोस्रो लहर सुरु हुन लागेको बताउँदै सरकारले सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्डलाई कडाइ गर्ने भएको हो । 

 

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरबीचको छलफलले स्वास्थ्य सुरक्षा अपनाउने निर्णय गरेको हो । सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णय भएको छ । 

 

सार्वजनिक यातायात क्षेत्रमा शुक्रबारदेखि लागू हुने गरी अनिवार्य मास्क लगाउने, सिट क्षमताअनुसार यात्रु राख्ने, भौतिक दूरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुनपानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, जनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । 

 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले भारतमा कोरोना संक्रमण दर बढ्दै गएको र नेपालमा पनि जोखिम बढ्ने देखिएकाले पूर्वसावधानी अपनाउन छलफल भएको बताए । 

 

सार्वजनिक यातायात क्षेत्रलाई कसरी जोखिमबाट बचाउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताए । 

 

कोभिड–१९ संक्रमणको दोस्रो लहर आउन सक्ने सम्भावना देखिएपछि काठमाडौं जिल्ला प्रशासनले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ । शुक्रबारको बैठकमा सार्वजनिक यातायातमा मास्क नलगाई यात्रा गर्नेलाई कारबाही गर्ने निर्णय भएको छ ।