close

१८ चैतबाट शिवपुरी अध्यक्ष गोल्डकप 

१८ चैतबाट शिवपुरी अध्यक्ष गोल्डकप 

Trulli
ADVERTISEMENT

नुवाकोट– अन्तरपालिकास्तरीय शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता आगामी १८ चेतदेखि हुने भएको छ । प्रतियोगितामा नुवाकोट जिल्लाका १२ वटा स्थानीय तहले भाग लिनेछन् । 

 

शिवपुरी गाउँपालिकाको वडा नं. ७ सुनखानीको फुटबल रंगशालामा खेलाइने प्रतियोगिता लिगकम नकआउट प्रणालीमा हुनेछ । प्रतियोगितामा विजेता टोलीले नगद ६ लाख र ट्रफी पाउनेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले ट्रफीका साथमा नगद क्रमश ४ लाख र २ लाख पाउनेछन् । 

 

प्रतियोगिताको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन तथा आन्तरीक समीक्षा बैठकमा शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले प्रतियोगिता सञ्चालनका लागि सबै तयारी पुरा भएको जानकारी दिए । 


बैठकमा शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता सञ्चालनका लागि गठन गरिएका विभिन्न उपसमितिका संयोजकहरुले प्रगति विवरण प्रस्तुत गरेका थिए । प्रतियोगिताका लागि शिवपुरी गाउँपालिकाले खेलाडी छनौट गरेर प्रशिक्षण दिइरहेको छ । त्यस्तै अन्य स्थानीय तहले पनि खेलाडी छनौट गरिसकेका छन् ।