close

सैनामैनाका महिलालाई नेतृत्व विकास तालिम 

सैनामैनाका महिलालाई नेतृत्व विकास तालिम 

Trulli
ADVERTISEMENT

रूपन्देही(सैनामैना)-  रूपन्देहीको सैनामैना नगरपालिकाको आयोजनामा सैनामैनाका महिलालाई ३ दिने नेतृत्व विकास तथा कानुनी विषयमा तालिम सम्पन्न भएको छ । सैनामैनामा महिलासँग उपप्रमुख कार्यक्रमअन्तर्गत तालिम सञ्चालन भएको हो । 

 

महिलासम्बन्धी कानुनी ज्ञान अभावले समाजमा महिला हिंसा बढ्दै गएको सैनामैनाका उपप्रमुख बिना रानाले बताइन् । समाज परिर्वतनका लागि महिला जागरुकता आवश्यक रहेको र नगरपालिकाले महिला लक्षित कार्यक्रम गर्दै आएको उनले जानकारी दिइन् । 

 

महिलाको क्षमता विकास गर्न सके मात्र समाजमा सकारात्मक परिवर्तन आउने नगरपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष रत्नबहादुर पौडेलले बताए । 

 

नेतृत्व विकास तालिममा सहभागी भएर धेरै विषयको ज्ञान पाउन सकिएको तालिममा सहभागीको भनाइ छ । 

 

कार्यक्रमा सैनामैनाको न्यायिक समितिका सविता भुसाल भण्डारी, महिला विकास शाखाका तुल्सा ज्ञवाली, डिला रानालगायतले महिला अधिकार विषयमा बोलेका थिए । 

 

३ दिने सचेतना कार्यक्रममा इन्दिरा अर्याल र रिमा बिसीको प्रशिक्षण रहेको थियो भने नगरपालिकामा दर्ता भएका विभिन्न आमा समूहका करिब ३० जना अध्यक्ष तथा सचिवको सहभागिता थियो ।