close

कोरोना देखिएपछि माछापुच्छ्रे गाउँपालिका सिल 

कोरोना देखिएपछि माछापुच्छ्रे गाउँपालिका सिल 

Trulli
ADVERTISEMENT

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना फैलिएपछि पालिका सिल गरिएको छ । माछापुच्छ«ेको वडा नम्बर ४ मा रहेको एउटा सहकारीका ३ जना सदस्यलाई कोरोना देखिएपछि सिल गरिएको हो ।


अध्ययन भ्रमणका लागि निस्किएका उनीहरूको कन्ट्याक्ट ट्रेसिङका आधारमा थप १३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण थप फैलिन नदिन पालिका कार्यालयका सबै काम ठप्प गरिएको छ ।

 

कन्ट्याक्ट ट्रेसिङ अझै चलिरहेको छ । १८ चैतसम्म सबै सेवा बन्द हुने गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए । 

 

कास्कीमा पछिल्लो समय कोरोना संक्रमण ह्वात्तै बढेको छ । केही समयअघि पोखरा महानगरको वडा नम्बर १६ लामाचौरमा रहेको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका ७६ जना विद्यार्थीमा कोरोना पुष्टि भएको थियो । उनीहरू पनि अध्ययन भ्रमणमा गएर फर्किएपछि कोरोना देखिएको हो । 

 

संक्रमणको पुनः जोखिम बढ्न थालेपछि कास्की प्रशासनले भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन उर्दी जारी गरेको छ । सभा, समारोह र भेला आयोजना नगर्न सूचना निकालेरै आग्रह गरिएको हो ।