close

सबै स्थानीय तहलाई २४ चैतभित्र सम्पन्न गर्न निर्देशन 

सबै स्थानीय तहलाई २४ चैतभित्र सम्पन्न गर्न निर्देशन 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- प्रदेश १ को सामाजिक विकास मन्त्रालयले आउँदो २४ चैतभित्र स्थानीय तहको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न गरिसक्न प्रदेशभरका स्थानीय तहलाई परिपत्र गरेको छ ।

 

सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकुद महाशाखा प्रमुख कृष्णप्रसाद पोखरेलले सबै स्थानीय तहलाई परिपत्र गर्दै परिवर्तित तालिका पठाएका हुन् ।

 

यसअघि १० बैशाख २०७८ भित्र स्थानीय तहको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न गर्ने भनिएकामा अहिले तालिका परिवर्तन भएको भन्दै मन्त्रालयले सोहीअनुरूप स्थानीय, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालनको परिवर्तित तालिका पठाएको जनाएको छ ।

 

मन्त्रालयका अनुसार अब स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २४ चैतभित्र र जिल्ला तहको ३० चैतभित्र पूरा हुनुपर्नेछ । यस्तै, प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता १०-११ वैशाख २०७८ र राष्ट्रिय स्तरको प्रतियोगिता २९-३१ वैशाख २०७८ भित्र पूरा हुनेछ ।

 

मन्त्रालयले प्रदेश १ अन्तर्गतका सबै जिल्ला खेलकुद विकास समितिलाई परिपत्र गर्दै कार्यक्रमका लागि युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त बजेट सम्बन्धित कार्यालयमा उपलब्ध हुने भएकाले उल्लिखित कार्यक्रम तालिका तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० बमोजिम जिल्लास्तरीय प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्नसमेत भनेको छ ।