close

सुरेन्द्र पाण्डे र घनश्याम भुषाल पनि एमालेवाट निलम्बित

सुरेन्द्र पाण्डे र घनश्याम भुषाल पनि एमालेवाट निलम्बित

Trulli
ADVERTISEMENT

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी ओलीले बरिष्ठ नेता माधव नेपाल खेमाका नताद्धय सुेन्द्र पाढडे र घनश्याम भुषाललाई पनि पार्टीवाट निलम्बन गरेका छन् । 

 

आफुले सोध्न लगाएको स्पष्टीकरणको जवाफ चित्तवुझ्दो नभएको भन्दै पाण्डे र भुषाललाई ६ महिनाका लागि निलम्बन गरिएको हो । 
यसअघि नेपाल र उपाध्यक्ष भीम रावललाई पनि निलम्वन गरिएको थियो । 

 

एमालेको केन्द्रीय कमिटी बैठकले  गत ८ चैतमा नेपालसहित चार नेतामाथि स्पष्टीकरण सोधेको थियो । पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुषालले जवाफ दिएनन्  । दोस्रोपटक स्पष्टीकरण सोधिएपछि उनीहरुले जवाफ दिएका थिए । यो जवाफ चित्त नवुझेको ओलीको भनाइ छ ।