close

मटिहानीमा बोरिङ जडान

मटिहानीमा बोरिङ जडान

Trulli
ADVERTISEMENT

महोत्तरी महोत्तरीको मटिहानीमा कृषकलाई सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले पावर ड्रिल स्यालो ट्युवबेल (बोरिङ) जडान सुरु भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश २ र भूमि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय जलेश्वर महोत्तरीको सहयोग एवं मटिहानी नगरपालिकाको समन्वयमा बोरिङ जडान गरिएको हो ।

 

करिब ४० लाख बिघा खेतीयोग्य जग्गालाई केन्द्रित गरी सो क्षेत्रमा १० वटा बोरिङ जडान गरिनेछ । बोरिङ जडान मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले सुरु गरे । उनले बोरिङ जडानले कृषकलाई फाइदा पुग्ने बताए । मटिहानीको वडा नम्बर ६ मा तरकारी खेतीका बढी उब्जने हुने गरेको छ ।