close

जन्मदोष पहिचान गर्न स्वास्थ्यकर्मीलाई अभिमुखीकरण 

जन्मदोष पहिचान गर्न स्वास्थ्यकर्मीलाई अभिमुखीकरण 

Trulli
ADVERTISEMENT

संखुवासभा– जन्मदोष पहिचान र अपांगता रोकथाम तथा पुनस्र्थापना गर्न २ दिने अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ । सदरमुकाम खाँदबारीमा अपांगता रोकथाम तथा पुनस्र्थापना गर्न १० वटै स्थानीय तहका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिम सञ्चालन गरिएको हो ।

 

स्थानीय स्तरमा जन्म दोष पत्ता लगाउन प्रदेश सरकार सामाजिक मन्त्रलाल, स्थानीय तह र करुणा फाउन्डेसन नेपालको आयोजनामा अभिमुखीकरण कार्यक्रम सुरु भएको हो । 


अपांगता रोकथाम तथा पुनस्र्थापनाका लागि कार्यक्रमले स्थानीय तहका सेवाप्रदायक संरचनालाई सुदृढ गर्दै जन्मजात तथा जन्मपछि हुन सक्ने अपांगता भएकाको न्यूनीकरणमा स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिम दिइएको करुणा फाउन्डेसन नेपाल संखुवासभाका टिम लिडर सुरजकुमार सरदारले जानकारी दिए । 

 

मातृशिशु तथा बाल मृत्युदर कम गर्न र अपांगता भएका व्यक्तिसहितको समावेशी समाज निर्माणको लक्ष्यका साथ जिल्लाका १० वटै पालिकामा कार्यक्रम सञ्चालन भइरहेको फाउन्डेसनका टिम लिडर सरदारले बताए । स्वास्थ्यकर्मीलाई अभिमुखीकरण दिने विषय विज्ञका रूपमा डा. बालकृष्ण साह र डा. सत्यनारायण चौधरी छन् ।

 

गर्भावस्थामा जथाभावी औषधीको सेवन गरे, गर्भावस्थामा भएका बेला दादुरा, यौनरोगजस्ता संक्रमणबाट जन्मदोष हुने गरेको छ । फाउन्डेसनले स्थानीय स्तरमा विभिन्न कारणबाट अपांगता भएका व्यक्तिको पहिचान गर्दै परिचयपत्र वितरण तथा अपांगता व्यक्तिको उपचार तथा पुनस्र्थापना गर्न शिविरसमेत सञ्चालन गरिरहेको फाउन्डेसनले जनाएको छ ।

 

स्थानीय स्तरमा अपांगता भएका व्यक्तिको समस्या पहिचान गरेर आगामी दिनमा उपचार तथा पुनस्र्थापना गर्ने उद्देश्य छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले फाउन्डेसनले जिल्लामा सराहनीय कामको थालनी गरेको बताए । फाउन्डेसनले यस क्षेत्रमा गरेको काम सामान्य देखिए पनि पीडितले ठूलो राहत पाउने उनको भनाइ छ ।