close

कोरोनाबाट मत्यु भएका व्यक्तिको भावुक बनाउने यो तस्बीर

कोरोनाबाट मत्यु भएका व्यक्तिको भावुक बनाउने यो तस्बीर

Trulli
ADVERTISEMENT

बैतडी– बैतडीमा कोरोना भाइरसको संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । मृत्यु भएका व्यक्तिको नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका ३ का २९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

भारतको बैंग्लोरबाट फर्किएका ती पुरुष पुर्चौडीकै लामाधारमा मृत भेटिएपछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । मृतक ती पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । शव व्यवस्थापनको लागि हनुमानध्वज गुल्मका गुल्मपति सेनानी प्रविन थापा नेतृत्वको टोली घटनास्थलतर्फ हिडिसकेको उनले बताए ।

कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धि कार्यविधि २०७६ अनुसार शव व्यवस्थापन हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । सेनाले उपयुक्त स्थान हेरेर शवको व्यवस्थापन गर्ने उनले बताए ।  मृतकका श्रीमती र ५वर्षीय छोरा छन् । बैतडीमा कोरोना कारण मृत्यु हुने उनी पहिलो व्यक्ति हुन् । 

भावुक तस्बीर

पुर्चौडी ४ का वडाअध्यक्ष शैलेन्द्र धानुक भन्छन्, ‘यो मृत्युले निकै भाबुक तुल्याएको छ । रोजगारीको शिलशिलामा भारत गएका युवक, भारतबाट घर फर्कदै गर्दा आफ्नै घर नजिक (करिब ४५ मिनेटको पैदल दुरी बाँकी हुँदा) पुग्नै लाग्दा उनको मृत्यु भयो । छहारीमा बसेका उनी कोरोना संक्रमणको कारण सँधैका लागि संसारबाट बिदा भए ।