close

स्थानीय तहसँग मुस्लिम कर्मचारीको विवरण माग

स्थानीय तहसँग मुस्लिम कर्मचारीको विवरण माग

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका जिल्ला समन्वय समिति र स्थानीय तहसँग मुस्लिम कर्मचारीको विवरण माग गरेको छ ।

 

मुस्लिम आयोगको अनुरोधमा मन्त्रालयले ७७ वटै जिल्ला समन्वय समिति र ७ सय ५३ वटै स्थानीय तहसँग मुस्लिम समुदायका कर्मचारीको विवरण माग गरेको हो ।


सरकारी सेवामा मुस्लिम समुदायको सहभागितासम्बन्धी अध्ययन गर्ने कार्य भइरहेको भन्दै मुस्लिम आयोगले विवरण उपलब्ध गराइदिने कार्यमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोग मागेको थियो । 

 

सोही सहयोग मागका आधारमा मन्त्रालयले जिल्लाभित्रका पालिकासँग विवरण उपलब्ध गराउने कार्यमा जिल्ला समन्वय समितिको समन्वयात्मक भूमिका खोजेको छ । 

 

मन्त्रालयले विवरणमा पालिकाको नाम, कर्मचारीको नाम र थर, कर्मचारी संकेत नम्बर, पदपूर्तिको किसिम, लिंग, अन्य, हालको पद, श्रेणी, तह, समूह, उप-समूह आदिको विवरण मागिएको छ ।

 

यस्तै, सुरु नियुक्ति मिति, हालको पदमा नियुक्ति, बढुवा मिति, कार्यरत निकाय, सुरु नियुक्तिको पद, जन्ममिति, स्थायी ठेगाना, मोबाइल नम्बर, कर्मचारीको किसिम (निजामती, अन्य सेवा) लगायत माग गरेको छ ।