close

मुसीकोटका जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम

मुसीकोटका जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम

Trulli
ADVERTISEMENT

गुल्मी(मुसीकोट)- गुल्मीको मुसीकोट नगरपालिकाको आयोजना तथा एपल मिडिया एडभरटाइजिङ प्रालि नयाँ बानेश्वर काठमाडौंको सहजीकरणमा जनप्रतिनिधि र कर्मचारीलाई ३ दिने क्षमता विकास तालिम समापन गरिएको छ ।

 

जनप्रतिनिधि र कर्मचारीबीच सहकार्य गरेर नगरपालिका निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।


समापनमा बोल्दै नगरप्रमुख सोमनाथ सापकोटाले तालिममा सिकेका कुरा नगरपालिकाको सेवा प्रवाहमा लागू गरी जनतालाई सेवा प्रवाहका क्रममा लागू गर्न आग्रह गरे ।

 

जनप्रतिनिधि र कर्मचारीको पहलबाट मात्रै समग्र नगरपालिकाको विकास सम्भव रहेको उनले बताए ।

 

प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले सुशासन र नैतिकताको मूल मर्मलाई आत्मसात् गर्दै सेवामा लाग्न कर्मचारीलाई निर्देशन दिए ।

 

तालिममा राजनीति र प्रशासन, बजेट तर्जुमा कार्यान्वयन, न्यायिक, सेवा प्रवाह, लेखापरीक्षण, बेरुजुलगायत विषयमा जनप्रतिनिधि र कर्मचारीलाई जानकारी गराइएको थियो ।

 

सहभागीका तर्फबाट तालिमको उपलब्धिबारे वडा नम्बर ८ का वडाध्यक्ष नारायण सापकोटा र विपद् व्यवस्थापन समिति संयोजक सत्याकुमारी जिसीले मन्तव्य राखेका थिए । मुख्य प्रशिक्षकको रूपमा प्रशासन विज्ञ विष्णुबहादुर थापले धारणा प्रस्तुत गरेका थिए ।