close

बूढीनन्दाका किसानलाई ‘मुख्यमन्त्री’को कोसेली

बूढीनन्दाका किसानलाई ‘मुख्यमन्त्री’को कोसेली

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको बूढीनन्दा नगरपालिकाभित्रका ४ वटा वडाका ७० भेडापालक किसानलाई सोलार सेट र टेन्टलगायत सामग्री वितरण गरिएको छ ।

 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराद्वारा सञ्चालित मुख्यमन्त्री कार्यक्रमअन्तर्गत भेडापालक किसानलाई एक सेट सोलार, एक सेट टेन्ट र एक सेट पाल वितरण गरिएको नायब प्राविधिक सहायक भरतराज जोशीले जानकारी दिए ।
 
वडा नम्बर ३ का १९ जना, वडा नम्बर चारका १७, वडा नम्बर ९ का १७ र वडा नम्बर १० १७ गरी ७० किसानलाई २ सय १० सेट सामग्री वितरण गरिएको हो । 

 

वडाबाट छनोट भएका किसानको घरदैलोमै पुगेर उपप्रमुख सृष्टि रेग्मीले ती सामग्री हस्तान्तरण गरिन् । व्यावसायिक किसानलाई थप हौसला प्रदान गर्न र घामपानीबाट जोगिन उक्त सामग्री वितरण गरिएको हो ।

 

उज्यालोका लागि सोलार, घामपानीबाट जोगिन टेन्ट र भेडाका लागि पाल वितरण गरिएको पशु शाखा बूढीनन्दाका नायब प्राविधिक सहायक जोशीले जानकारी दिए । 

 

अन्य किसान पनि व्यवसायमा लागून् र कृषिलाई पेसा बनाउन सहज होस् भनेरै सोलारलगायत सामग्री वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले बताए । आगामी दिनमा भेडापालक किसानका लागि ऊन कात्ने मेसिन वितरण गरिने उनको भनाइ छ ।