close

कर्णाली प्रदेशका ३ मन्त्रीले दिए राजीनामा 

मुख्यमन्त्री शाहीको सरकार अल्पमतमा

कर्णाली प्रदेशका ३ मन्त्रीले दिए राजीनामा 

मुख्यमन्त्री शाहीको सरकार अल्पमतमा

Trulli
ADVERTISEMENT

सुर्खेत (वीरेन्द्रनगर)– नेकपा एमालेबाट कर्णाली प्रदेश सरकारका ३ जना मन्त्रीले राजीनामा दिएका छन् । सामाजिक विकासमन्त्री दलबहादुर रावल, अर्थमन्त्री प्रकाश ज्वाला, र उद्योग, वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले मंगलबार राजीनामा दिएका हुन् ।

 

आइतबार बसेको एमाले कर्णली प्रदेशको संसदीय दलको बैठकले सरकारबाट समर्थन फिर्ता लिएसँगै पार्टीबाट मन्त्री बनेकालाई राजीनामा दिन निर्देशन दिएको थियो । 

 

सोही निर्णयअनुसार एमालेबाट मन्त्री बनेका ३ जनाले राजीनामा दिएका हुन् । एमालेको समर्थन फिर्ता भएपछि कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार अल्पमतमा परेको छ ।

 

१३ जना मात्रै सांसद रहेको माओवादी केन्द्रसँग बहुमत छैन । ४० सांसद रहेको कर्णाली प्रदेशसभामा सरकारलाई बहुमतका लागि २१ जना सांसदको समर्थन चाहिन्छ । 

 

तर, २० जना सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही नेतृत्वको सरकार ढल्ने अवस्था नजिक पुगेको छ ।