close

मोवाइल व्यवसायी संघको सुर्खेत शाखा गठन

मोवाइल व्यवसायी संघको सुर्खेत शाखा गठन

Trulli
ADVERTISEMENT

सुर्खेत–सुर्खेतमा नेपाल मोवाइल व्यवसायी संघको कार्यसमिति गठन भएको छ ।

 

नेपाल मोवाइल व्यवसायी महासंघको पहलमा ९ सदस्यीय सुर्खेत मोवाइल व्यवसायी संघ गठन भएको  महासंघका अध्यक्ष भरत  भट्टराईले जानकारी दिए । 

 

भुवनलाल ज्ञवालीको अध्यक्षतामा गठित संघको उपाध्यक्षमा  डासिराम लामिछाने (रवि), सचिवमा पदम सेन, सहसचिवमा पूर्ण बहादुर ओली निर्वाचित भएका छन् । 

 

त्यसैगरी कोषाध्यक्षमा हस्त बहादुर दर्लामी, सह कोषाध्यक्षमा लक्ष्मण अधिकारी निर्वाचित भएका छन् । 

 

सदस्यहरुमा भने टेकराज गिरी, सिर्जना लामिछाने र इन्द्र कुमारी चपाई निर्वाचित भएका छन् । 

 

संघको कार्यसमिति गठन भएर जिल्ला प्रशासन कार्यालयवाट प्रमाणपत्रसमेत प्राप्त भइसकेको केन्द्रीय अध्यक्ष भट्टराईले जानकारी दिए ।