close

लुम्बिनी प्रदेशसभा सदस्य न्यौपाने र पन्थी पदमुक्त

लुम्बिनी प्रदेशसभा सदस्य न्यौपाने र पन्थी पदमुक्त

Trulli
ADVERTISEMENT

रूपन्देही– लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त भएका छन् । प्रदेशसभाको मंगलबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् ।


न्यौपाने रूपन्देही क्षेत्र नम्बर १ (ख) र पन्थी गुल्मी क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य
थिए । नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालय तथा प्रदेशसभा संसदीय दलको निर्णयको पत्र सचिवालयमा प्राप्त भएको जानकारी उनले गराएका थिए ।


‘प्रदेशसभा नियमावलीको १ सय ९२ बमोजिम दल त्यागको सूचना बैठकलाई दिए त्यस्तो सदस्यको स्थान रिक्त रहने मानिने व्यवस्थाअनुसार माननीय दधिराम न्यौपाने र दिनेश पन्थीको प्रदेशसभा सदस्य पद आजका मितिबाट रिक्त रहने बेहोरा सम्मानित सभालाई जानकारी गराउँछु’, सभामुखले भने । २ जनाको पद रिक्त रहेको घोषणासँगै चालु संसद्को अधिवेशन पनि अन्त्य भएको छ ।