close

बागलुङमा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता

बागलुङमा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता

Trulli
ADVERTISEMENT

बागलुङ- बागलुङमा ‘खेलाडीको पहिचान, राष्ट्रको शान अनुशासित खेलाडी हाम्रो अभियान’ नाराका साथ नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता सुरु भएको छ ।

 

बागलुङ नगरपालिकाको आयोजनामा रामरेखास्थित बाङ्चौर खेल मैदानमा छनोट प्रतियोगिताका लागि खेल आयोजना गरिएको हो । 

 

कार्यक्रममा बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले खेलकुद स्वास्थ्यसँग जोडिएकाले नगरले खेल क्षेत्रलाई विशेष महत्त्व दिएको बताए । खेलाडीलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमले सघाउ पुग्ने उनको भनाइ छ ।

 

विद्यालय तहमा रहेका प्रतिभालाई खेलमार्फत छनोट गरी उत्कृष्ट खेलाडीलाई जिल्लामा सहभागी गराउन प्रतियोगिता आयोजना गरिएको हो ।

 

प्रतियोगिताको पहिलो दिन सय गुणा ४ छात्रछात्रा रिले दौड, छात्र २०० मिटर दौड, ३०० मिटर छात्रछात्रा, ८०० मिटर छात्रछात्रा, कबड्डी, महिला भलिबललगायत खेल सम्पन्न भए । 

 

प्रतियोगितामा बागलुङ नगरपालिकाका विभिन्न २९ वटा विद्यालयको सहभागिता थियो ।

 

कार्यक्रम बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको अध्यक्षता, नगर शिक्षा अधिकारी दण्डपाणि शर्माको स्वागत तथा शिक्षा अधिकृत गौरव रानाको सञ्चालनमा सम्पन्न भएको हो ।