close

मास्क, साबुन लिएर घरदैलो चहार्दै भक्तपुर

मास्क, साबुन लिएर घरदैलो चहार्दै भक्तपुर

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाले टोलटोलमा पुगेर स्थानीयलाई कोरोना संक्रमण रोकथामका लागि आवश्यक सामग्री वितरण सुरु गरेको छ । नगरपालिकाले नगरबासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी मास्क, साबुन वितरण सुरु गरेको हो ।

 

नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै बढ्दो जोखिम कम गराउन स्वास्थ्य सामग्री वितरण गर्न थालिएको नगरपालिकाले बताएको छ ।

 

नगरप्रमुख सुनील प्रजापतिका अनुसार पालिकाले स्वयंसेविका परिचालन गरी स्वास्थ्य सामग्री वितरण गरेको हो । स्वास्थ्य सामग्री वितरणका लागि नगरपालिकालाई भक्तपुर क्षेत्र नम्बर १ का संघीय सांसद प्रेम सुवालको सहयोग रहेको उनले बताए । 

 

सांसद सुवालको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को बजेटबाट भक्तपुर नगरपालिकामा सञ्चालित कोभिड–१९ संक्रमण रोकथामका लागि मास्क र साबुन बन्दोबस्त गरिएको थियो ।