close

कर्णाली र सुदूरपश्चिममा पनि उदायो मोबाईल व्यवसायी संघ

महासंघ झन् बलियो भएको अध्यक्ष भट्टराईको प्रतिक्रिया

कर्णाली र सुदूरपश्चिममा पनि उदायो मोबाईल व्यवसायी संघ

महासंघ झन् बलियो भएको अध्यक्ष भट्टराईको प्रतिक्रिया

Trulli
ADVERTISEMENT

काठमाडौं– देशभरका मोबाईल व्यवसायीहरुको छाता संस्था नेपाल मोबाईल व्यवसायी महासंघमा सुदूरपश्चिम र कर्णाली प्रदेश पनि थपिएका छन् । पछिल्लो समय व्यवसायीका समस्यामाथी छलफल तथा बहस गर्दै समाधानमा सम्बन्धित निकायलाई घच्घच्याउने प्रयत्न गर्दै आएको महासंघमा दुवै संस्था आबद्ध भएको महासंघका अध्यक्ष भरत भट्टराईले जानकारी दिए । 

सुदूरपश्चिम मोबाईल व्यवसायी संघ धनगढीस्थित जिल्ला प्रशासनमा र सुर्खेत मोबाईल व्यवसायी संघ सुर्खेतस्थित जिल्ला प्रशासन कार्यालयमा दर्ता भएपछि औपचारिक रुपमा महासंघमा आबद्ध हुने बाटो खुलेको हो । सुदूरपश्चिममा सुरेश सापकोटाको नेतृत्वमा गठन भएको संघमा प्रदेशभरीका व्यवसायीलाई समावेश गरिने संघले जनाएको छ । त्यस्तै, सुर्खेतका अध्यक्ष भुवन ज्ञवालीले संघले वैधता पाएको भन्दै अब एकताबद्ध भएर व्यवसायिक हितका लागि लाग्ने प्रण गरे । 

केन्द्रबाट गएको नेपाल मोबाईल व्यवसायी महासंघ तदर्थ समितिका महासचिव रमेश कुमार घिमिरे र कोषाध्यक्ष सन्तोष घिमिरेले गठन प्रक्रियामा सहजीकरण गरेको महासंघले जनाएको छ । 

सुदूरपश्चिम र कर्णालीमा पनि संघ गठन भएसँगै महासंघ थप बलियो भएको बताउँदै महासंघका अध्यक्ष भरत भट्टराईले भने, ‘व्यवसायीको हक हित नै हाम्रो मुल एजेण्डा हो । हामी झन् सशक्त भएर आउनेछौं ।’