close

सार्वजनिक स्थानमा मास्क प्रयोग अनिवार्य गर्न सरकारको निर्देशन 

सार्वजनिक स्थानमा मास्क प्रयोग अनिवार्य गर्न सरकारको निर्देशन 

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले कोरोना कहरको पछिल्लो अवस्थालाई दृष्टिगत गर्दै देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई संक्रामक रोग ऐनबमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थानमा मास्क प्रयोगलाई अनिवार्य गर्न/गराउन निर्देश गरेको छ । 

 

विदेशबाट फर्केपछि घरमा, क्वारेन्टाइनमा र संक्रमित भएपछि आइसोलेसनमा रहेकालाई तोकिएका स्वास्थ्य मापदण्ड पालना गर्न प्रेरित गर्ने र आवश्यक निगरानीलाई व्यवस्थित एवं कडाइ गर्न÷गराउन स्थानीय तह र स्थानीय प्रशासनलाई अनुरोध गरेको छ ।

 

सरकारले खोज पड्ताल बढाउन तथा रोगी पहिचान गर्न एन्टिजेन तथा आश्यकताअनुसार पीसीआर परीक्षण बढाउनका लागि सम्बन्धित स्थानीय तह र स्वास्थ्य कार्यालयलाई आग्रह गरेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना प्रकाशित गरी संक्रमणको अवस्था हेरेर ठूला सहरमा ५ सय बढी र साना सहरमा १ सय बढी सक्रिय संक्रमित देखिए ती स्थानमा आवागमनलाई कडाइका साथ गर्न÷गराउनसमेत भनेको छ ।

 

संक्रमणको बढी जोखिम हुन सक्ने स्थानमा नमुनाको रूपमा एन्टिजेन परीक्षण बढाउन सम्बन्धित स्थानीय तहलाई समन्वयका लागि पनि सरकारले अनुरोध गरेको छ । सरकारले सम्पूर्ण शैक्षिक संस्थाहरूमा कोरोना संक्रमणविरुद्ध उच्च सतर्कता अपनाउन पनि आह्वान गरेको छ ।


काठमाडौं, पोखरालगायतका ठूला सहरमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेको पाइएकाले उच्च सतर्कता अपनाउन भनिएको छ । जोखिम बढेका ठूला सहरहरूमा सार्वजनिक यातायातमा यात्रा गर्ने वा भीडभाड कम गर्र्न वा जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्ने/गराउने, बढी भीडभाड र जोखिम कम गर्न सक्ने स्थान सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल, मन्दिरलगायतका धार्मिक स्थानलाई कोरोना कहरको पछिल्लो अवस्था दृष्टिगत गर्दै जनस्वास्थ्यका मापदण्ड अति कडाइका साथ पालना गरेर मात्रै सञ्चालन गर्ने÷गराउने व्यवस्थाका लागिसमेत सरकारले सरोकारवालाको ध्यानाकृष्ट गरेको छ ।

 

सरकारले विदेशबाट आउने टोली वा भ्रमण दलका सदस्यको संख्याका सम्बन्धमा वा क्वारेन्टाइन अवधि र अब आइन्दादेखि कोभिड संकटको बढ्दो जोखिमलाई दृष्टिगत गरी कडाइका साथ निर्णय लिन तथा कार्यान्वयन गर्न÷गराउन सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ ।