close

१३ सांसदको खोजीमा एमाले, विकल्प दिन जुट्यो कांग्रेस

१३ सांसदको खोजीमा एमाले, विकल्प दिन जुट्यो कांग्रेस

Trulli
ADVERTISEMENT

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्ता समीकरणका लागि सत्तारुढ नेकपा एमाले बाहेकका दलहरुसँग छलफल थालेको छ । 


कांग्रेसले सत्ता समीकरणका लागि औपचारिक पहलकदमी थालेसँगै एमालेपनि सत्ता जोगाउने चलखेलमा लागेको छ । 


कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा माओबादी केन्द्र र जनता समाजवादी पार्टीका नेतालाई छलफलमा बोलाएलगत्तै एमालेको ओली खेमाका नेताहरु सत्ता जोगाउनका लागि आवश्यक पर्ने १३ जना सांसदको खोजीमा जुटेका छन् । 


जसपासँग सत्ता समीकरणका लागि उनीहरुले उठाउदै आएको मागबारे वार्तामा रहेको सरकारले वार्तालाई पुन: सक्रिय बनाउने बताएको छ । 

 

सांसद रेशम चौधरीलगायतका नेता रिहाइलगायतका मागमा लचक बनेको सरकारले देउवाको कदम लगत्तै मधेशकेन्द्रीत दलसाग सहमतिको अन्तिम कसरत अघि वढाएको बालुवाटार श्रोतको दावी छ । 

 

आज विहान मात्रै वार्ता समितिको अनौपचारिक बैठक बसेर भोलिसम्ममा निकास निकाल्ने विषयमा छलफल गरेको छ । 


माओवादीले आफ्ना चार सांसदलाई कारवाही गरेलगत्तै अव प्रतिनिधिसभामा २७६ सदस्य भएका छन् । 


सरकार बनाउन १३४ सांसद आवश्यक पर्छ ।  सत्तारुढ दल एमालेका १२१ सांसद छन् । उसलाई सरकार जोगाउन अव १३ सांसदको आवश्यकता छ । 


कांग्रेस र माओवादी सत्ता ढाल्ने खेलमा लागे जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो खेमाका नेताहरुसँग मिलेर सरकार बनाउने कसरतमा प्रधानमन्त्री ओली स्वयं सक्रिय बनेको नेताहरको भनाइ छ । 


जसपा नेताहरु बावुराम भट्टराई र उपेन्द्र यादव वर्तमान सरकारसँग चरम असन्तुष्ट गरेकाले ओलीले सरकार जोगाउन चाहिने १३ सांसद जाहो गर्न जसपालाई औपचारिक रुपमा   विभाजन गराउनु पर्ने हुन्छ । वालुवाटरमा नेताहरु अहिले यो दल फुटाउन सकिन्छ कि भनेर लागेका छन्, जसपाका एक नेताले पालिकाखबरसँग भने । 


तर जसपाका शीर्ष तहका नेता भने पार्टीभित्र ओलीको विकल्प खोज्न एकमत रहेको दावी गरिरहेका छन् ।