close

दोरम्बा गाउँपालिकाको नाम परिवर्तन 

दोरम्बा गाउँपालिकाको नाम परिवर्तन 

Trulli
ADVERTISEMENT

रामेछाप- रामेछापको दोरम्बा गाउँपालिकाको नाम परिवर्तन भएको छ । सरकारले यसअघिको दोरम्बा गाउँपालिकालाई दोरम्बा शैलुङ गाउँपालिका नामकरण गरेको हो ।


गाउँसभाले पालिकाको नाम संशोधन गर्ने प्रस्ताव पारित गरी सरकारलाई सिफारिस गरेको थियो । गत २३ चैतको मन्त्रिपरिषद् बैठकले उक्त नाम संशोधन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष कमानसिं मोक्तानले बताए ।


तामाङ बाहुल्य रहेको दोरम्बा क्षेत्रमा पर्ने शैलुङ ऐतिहासिक र पर्यटनको हिसाबले महत्त्वपूर्ण मानिन्छ ।

 

तामाङ भाषामा सै भनेको सय र लुङ भनेको थुम्का भन्ने अर्थ लाग्ने भएकाले पनि उक्त क्षेत्र तामाङ जातिका लागि विशेष महत्त्व राख्ने भएकाले पालिकाको नाममा शैलुङ थप्ने प्रस्ताव राखिएको अध्यक्ष मोक्तानको भनाइ छ ।