close

नेकपा लफडापछि माओवादी केन्द्रले गुमायो १६ सांसद (सूचीसहित)

नेकपा लफडापछि माओवादी केन्द्रले गुमायो १६ सांसद (सूचीसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं– नेकपाको अस्तित्व सकिने सर्वोच्च अदालतको फैसलासँगै नेकपा माओवादी केन्द्रलाई संघीयदेखि प्रदेशसम्मका १६ सांसद घाटा लागेको छ । 

 

नेकपाभित्रको विवाद चुलिएसँगै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली खेमामा लागेका माओवादी केन्द्रका १६ सांसदले सांसद पद माया मारेर एमालेलाई साथ दिएका छन् । 

 

माओवादीका सांसदले एमालेलाई साथ दिदा सो पार्टीलाई देशभरबाट १६ सांसद घाटा लागेको छ । संघीय सांसदमा ६ पद गुमाएको माओवादीले प्रदेशमा १० जना सांसद गुमाएको छ । 

 

राष्ट्रिय सभाका सदस्य रामबहादुर थापा (वादल) र अर्का सदस्य चन्द्रबहादुर खड्काले ओलीलाई साथ दिएपछि थापा माओवादीका कारवाहीमा परिसकेका छन् भने खड्कापनि कारवाहीको प्रक्रियामा छन् । 


संघीय प्रतिनिधिसभामा माओवादीका तर्फवाट प्रतिनिधित्व गर्ने  ४ सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीपनि ओलीतर्फ लागेपछि कारवाहीमा परिसकेका छन् । 


माओवादीले प्रदेश २ मा सवैभन्दा धेरे सांसद गुमाएको छ । त्यहा उसले तीन जना प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य र एकजना समानुपातिक सांसद गुमाएको छ । 


प्रदेश २ बाट निर्वाचित माओवादीका सांसदहरु रामचन्द्र मण्डल धनुषा–१ को ख बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । बारा –३ को क बाट निर्वाचित ज्वालाकुमारी साह र रौतहट– ३ को ख बाट निर्वाचित कुन्दनप्रसाद कुशवाह पनि एमाले भएका छन् । बाराबाट समानुपातिकतर्फ निर्वाचित मोहम्मद समिर पनि एमाले प्रवेश गरे ।

 

लुम्बिनीका दुई सांसद गुमाएको माओवादीले कर्णलीबाट दुई र प्रदेश १ वाट एक सांसद पद गुमाएको छ । एमाले प्रवेश गरेसँगै उनीहरु सवैलाई माओवादीले कारवाही गरिसकेको छ । 


लुम्बिनीका प्रदेशसभा सदस्यमध्ये रूपन्देहीबाट निर्वाचित प्रदेश सभाको अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपाने र गुल्मीबाट निर्वाचित दिनेश पन्थी एमाले प्रवेश गरेका कारण कारवाहीमा परेका छन् । गण्डकी र वागमती प्रदेशबाट मात्र माओवादीले आफ्ना सांसद जोगाएको छ । 


हेर्नुहोस कहाँका सांसदले छाडे माआवादी 

 

प्रतिनिधि सभाका ४ सांसदहरु 


टोपबहादुर रायमाझी
लेखराज भट्ट
प्रभु साह
गौरीशंकर चौधरी

 

राष्ट्रिय सभाका २ जना सांसदहरु

 

राम बहादुर थापा बादल
चन्द्रबहादुर खड्का

 

प्रदेश १ बाट 


टंक आङवोहाङ 

 

प्रदेश २ बाट 

 

रामचन्द्र मण्डल 
ज्वालाकुमारी साह 
कुन्दनप्रसाद कुशवाह 
मोहम्मद समिर 


लुम्बिनी प्रदेशबाट

 

दधिराम न्यौपाने 
दिनेश पन्थी 

 

कर्णाली प्रदेशबाट

 

ठम्मर विष्ट
धर्मराज रेग्मी

 

सुदुरपश्चिम प्रदेशबाट

 

झपट बोहरा