close

१०० जनाको बिमांक रकम तिरिदिँदै निजी अस्पताल

१०० जनाको बिमांक रकम तिरिदिँदै निजी अस्पताल

Trulli
ADVERTISEMENT

झापा– सरकारले स्वास्थ्य बिमाको कार्यक्रम ल्याए पनि बिमा रकम तिर्ने अवस्था नभएका नागरिकको प्रिमियम बीएन्डसी हस्पिटल बिर्तामोडले तिरिदिने भएको छ ।

 

हस्पिटलले गरिब तथा विपन्न १ सय परिवारको स्वास्थ्य बिमा गरिदिने घोषणा गरेको हो । सिटामोलसमेत किनेर खान नसक्ने विपन्न परिवारका लागि स्वास्थ्य बिमा गरिदिने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले घोषणा गरेका हुन् । 

 

सरकारले स्वास्थ्य बिमामार्फत १ लाख रुपैयाँसम्मको निःशुल्क उपचारको व्यवस्था मिलाएको छ । सोही कार्यक्रमअन्तर्गत प्रसाईंले बिमा गर्न नसक्ने परिवारको स्वास्थ्योपचारमा सहज पहुँच होस् भन्ने उद्देश्यले बिमा गरिदिने घोषणा गरेका हुन् ।

 

बिर्तामोड वडा नम्बर २ को मोहनमाया माविमा अढाई करोड रुपैयाँ लागतमा ३ तले भवन निर्माण गरिरहेका उनले झापाका कुनै पनि ठाउँका सन्थाल, मुसहर, उराउ, दलितलगायत समुदायका विपन्न परिवारलाई बिमा गरिदिने बताए । अस्पतालको सामाजिक उत्तरदायित्वअन्तर्गत बिमा गरिदिने उनको भनाइ छ ।