close

भकिम्लीमा ठडियो सामुदायिक भवन 

भकिम्लीमा ठडियो सामुदायिक भवन 

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ३ भकिम्लीमा सामुदायिक भवन निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोगमा स्थानीयले श्रमदान र संघ संस्थाले साझेदारी गरेर २ तले भवन बनाएका हुन् ।

 

कुल २३ लाख ५० हजार रुपैयाँको लागतमा सामुदायिक भवन निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर काउचाले बताए । 

 

नगरपालिकाले उपलब्ध गराएको अनुदानभन्दा बढी श्रमदान र स्थानीय सहयोग जुटाएर भवन बनाएको उनले बताए । भवन निर्माणका लागि बेनी नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा ५ लाख, २०७५/७६ मा ४ लाख र २०७७/७८ मा ३ लाख रुपैयाँ विनियोजन गरेको थियो । 

 

स्थानीयले ११ लाख ५० हजार रुपैयाँ बराबरको श्रमदान र सहयोग जुटाएर भवनलाई पूर्णता दिएका हुन् । आमा समूह, मिर्मिरे युवा क्लब र अन्नपूर्ण सामुदायिक वन उपभोक्ता समूहले सहयोग गरेका थिए । 

 

सय जना अट्ने क्षमताको भवनको माथिल्लो तलामा सभा, सम्मेलन, भेला, बैठक, सञ्चालन गर्न सकिन्छ । भुइँ तलामा विवाह, छेवार, किरिया भोज–भतेरका लागि प्रयोग गर्न सकिन्छ । 

 

भवन निर्माणपछि सार्वजनिक, सांस्कृतिक कार्यक्रम, तालिम, गोष्ठी सञ्चालन गर्न सहज भएको वडाध्यक्ष पदम पुनले बताए । 

 

व्यक्तिका घर, विद्यालयका कोठा र चौतारीमा भेला, बैठक आयोजना गर्नुपर्ने समस्या हट्ने विश्वास उनको छ । भवन अभावमा झरीमा रुझ्दै र घाममा कार्यक्रम आयोजना गर्नुपर्ने समस्या थियो ।