close

काठमाडौं महानगरले भन्योः  स्कुलमा कोराना देखिए बन्द गर्नू

काठमाडौं महानगरले भन्योः  स्कुलमा कोराना देखिए बन्द गर्नू

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरपालिकाले कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइए अर्को सूचना जारी नभएसम्म कम्तीमा १ साता विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गराउन सूचना जारी गरेको छ ।

 

संक्रमण अवस्था नभएका विद्यालयमा अभिभावकको समेत सहमतिमा विद्यालय सञ्चालन गर्न महानगरले सुझाएको हो । ‘त्यस्तो अवस्था नभएका विद्यालयले सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन–पानीले राम्रोसँग हात धुने, स्यानिटाइजर प्रयोगलगायतका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विगतमा जारी गरिएका मापदण्ड कडाइका साथ पालना गर्नू,’ महानगरका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अभिभावकको समेत सहमतिमा विद्यालय सञ्चालन गर्न–गराउनुहुन अनुरोध छ ।’