close

आगोले खायो लिखु गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्षको घर 

आगोले खायो लिखु गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्षको घर 

Trulli
ADVERTISEMENT

ओखलढुंगा– लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर पौडेलको घर आगलागीबाट जलेको छ । उनको सँगै रहेको वडा नं. ८ का वडा अध्यक्ष विशाल पौडेलको घर समेत जलेको छ । 

 

गाउँपालिका अध्यक्ष र वडा अध्यक्षका तीन वटा घर जलेका छन् । दाजुभाइका सगोलमा रहेका तीन घर हिजो राति परेको चट्याङ्ग लागेर आगो लागेको थियो  । आगो लागेर घरमा भएका सबै धनमाल नष्ट भएका छन् । 

 

घरमा कोही नभएकाले मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ । आगो लागेर ३ लाख नगदसहित ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका ओखलढुंगाका प्रहरी निरिक्षक शिव कट्टेलले जानकारी दिए । 

 

चट्याङ परेपछि बिजुलिको तार सर्ट भएर कोठाबाट आगो शुरु भएको वडाध्यक्ष बिशाल पौडेलले बताए । तीन घर  तथा धनमाल सबै जलेपछि पौडेल परिवारको बिचल्ली भएको छ । गाउँपालिका अध्यक्ष गोविन्द पौडेल दाजु र वडा अध्यक्ष विशाल पौडेल वडा नं. ८ का वडा अध्यक्ष हुन् । चट्याङबाट पौडेल परिवारलाई ठूलो क्षति पुगेको स्थानीय  नविन पौडेलले बताए । 

 

त्यस्तै बिहीबार मानेभञ्ज्याङ गाउँपालिका २ वाक्सामा भएको आगालीमा २ घर जलेका छन् । स्थानीय भक्त राईको गोठबाट सल्किएको आगोले उनको एक घर र एक मतान तथा छिमेकी कृष्ण बहादुर राईको घर जलेको थियो । त्यहाँ २५ लाख बराबरको क्षति भएको बताइएको छ । हावाहुरी र चट्याङ्गबाट दैनिक आगालागि हुँदा घर, धनमाल तथा वन क्षेत्रमा ठूलो क्षति पुगेको छ ।