close

देवचुली मेयर कपको उपाधि गैँडाकोट फुटबल क्लबलाई 

देवचुली मेयर कपको उपाधि गैँडाकोट फुटबल क्लबलाई 

Trulli
ADVERTISEMENT

नवलपुर- पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा भएको देवचुली मेयर कपको उपाधि गैडाकोट फुटबल क्लबले जितेको छ ।

 

गैँडाकोट फुटबल क्लब र भानु युथ एकेडमीबीच बिहीबार भएको फाइनल खेलमा गैँडाकोटले भानु युथलाई ट्राइबेकरमा ३-१ गोलअन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।

 

निर्धारित समयमा दुवैतर्फबाट १-१ गोल भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

 

देवचुली नगरपालिकाको सहयोगमा नगरपालिकाको युवा तथा खेलकुद विकास समितिको आयोजना र खेलकुद विकास समितिको सहआयोजनामा भएको देवचुली मेयर कपको विजेता गैँडाकोटले जितसँगै १ लाख ५० हजार रुपैयाँ नगद जितेको छ भने उपविजेता भानु युथ एकेडमीले ७५ हजार पाएको छ ।

 

फाइनल खेलमा गैँडाकोट फुटबल क्लबका आश गुरुङ म्यान अफ द म्याच भए ।

 

त्यस्तै, बरटाँडी युवा क्लबका रोशन क्षेत्री सर्वाधिक गोलकर्ता, भानु युथ एकेडेमीका सञ्जीव मोक्तान सर्वाेकृष्ट खेलाडी र गैँडाकोट फुटबल क्लबका विधान बोहरा सर्वाेत्कृष्ट गोलरक्षक भए ।


१७ चैतबाट सञ्चालित प्रतियोगितामा जिल्लाभरका १६ टिमको सहभागिता थियो । देवचुली नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठले विजयी टिमलाई पुरस्कार वितरण गरेका थिए ।


प्रतियोगिता समापन कार्यक्रम देवचुली नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष भीमलाल तिवारीको अध्यक्षतामा भएको थियो ।