close

चंखु खोलामा बन्यो झोलुंगे पुल 

चंखु खोलामा बन्यो झोलुंगे पुल 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको ऐँसेलुखर्क गाउँपालिका वडा नम्बर १ राखाबाँदेलमा झोलुंगे पुल निर्माण गरिएको छ । सरकारको स्थानीय पूर्वाधार विभाग ललितपुरको आर्थिक सहयोग एवं झोलुंगे पुल सहयोग इकाइ धरान र हिमाली क्लब दिक्तेलको प्राविधिक सहयोगमा सोखु र मोदी जोड्ने चंखु खोलामा झोलुंगे पुल निर्माण गरिएको हो । 

 

वर्षायाममा स्थानीयको सहज आउजाउका लागि निर्माण गरिएको ९४ मिटर लम्बाइ भएको झोलुंगे पुल शुक्रबार ए‍ेँसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेलले उद्घाटन गरे ।

 

स्थानीय पूर्वाधार विभागको करिब ३० लाख रुपैयाँ बजेटमा राखाबाँदेलको दूरदराज चंखु खोलामा झोलुंगे पुल निर्माण गरिएको हो । झोलुंगे पुल बनेपछि स्थानीयलाई आउजाउ गर्न सहज भएको छ । 


आर्थिक वर्ष २०७६/७७ मा चंखु खोलामा पुल निर्माणका लागि उपभोक्ता समितिले २१ लाख २६ हजार रुपैयाँमा सम्झौता गरेको थियो । पुल निर्माणका लागि उपभोक्ता समितिलाई थप १० लाख रुपैयाँ बराबरको स्टिलका सामग्री खरिद गरेर उपलब्ध गराइएको गाउँपालिकाका लेखा प्रमुख पंकज आचार्यले बताए ।

 

ऐँसेलुखर्क वडा नम्बर ७ माक्पाको उत्तिसे र चंखु खोलामा झोलुंगे पुल निर्माणका लागि गाउँपालिकाले १९ लाख ७८ हजार रुपैयाँको सामान खरिद गरेको थियो । माक्पास्थित उत्तिसेको झोलुंगे पुल निर्माण पनि अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।