close

प्रदेश १ को संसद् बैठक अवरुद्ध गर्ने प्रतिपक्ष दलको उद्घोष

प्रदेश १ को संसद् बैठक अवरुद्ध गर्ने प्रतिपक्ष दलको उद्घोष

Trulli
ADVERTISEMENT

मोरङ- प्रदेश १ को आइतबार बस्ने संसद् बैठक विपक्षी दलहरूले अवरुद्ध पार्ने जनाएका छन् । विपक्षी दलहरूले मुख्यमन्त्रीले संसद्लाई छलेको आरोप लगाउँदै यसअघिका ३ वटा बैठक अवरोध गरिसकेका छन् ।

 

उनीहरूले संसद्प्रति मुख्यमन्त्री उत्तरदायी नभएको आरोप लगाउँदै आएका छन् । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले चालू वर्षका लागि स्वीकृत कार्यक्रम सुरु गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु राख्नुपर्नेलगायत माग राख्दै बैठक अवरुद्ध गर्दै आएका छन् । 


आइतबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समस्या सामधानका लागि मुख्यमन्त्री शेरधन राईले गत सोमबार सर्वदलीय छलफल राखेका थिए । छलफल बिनानिष्कर्ष सकिएको थियो । 

 

गत आइतबारै सभामुख प्रदीपकुमार भण्डारीले समेत संसद् सुचारु गर्न छलफल गरेका थिए । तर, दुवै छलफल औचित्यहीन भएका छन् ।

 

‘हामीले उठाएका मागलाई मुख्यमन्त्री शेरधन राइले सम्बोधन गरे मात्रै संसद् चल्ने दिन्छौँ’, प्रदेश १ प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले भने ।


विपक्षी दलहरूले लगातार संसद् अवरुद्ध गरेपछि प्रदेश सरकारले भने सातौँ हिउँदे अधिवेशन अन्त्यको तयारी गरेको बुझिएको छ । 

 

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले यस विषयमा अहिलेसम्म कुनै निर्णय नभए पनि छलफल भइरहेको बताए ।